सुमनालाई रास्वपाले भन्यो– नयाँ यात्राका लागि शुभकामना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्वसहमहामन्त्री सुमना श्रेष्ठलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ ।
केन्द्रीय कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो ।
श्रेष्ठले गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी थिइन् ।
श्रेष्ठले पार्टी छोडेको विषयमा बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले भने,‘सुमनाजीको बारेमा छलफल भयो उहाँले पार्टीलाई अहिलेसम्म योगदान गर्नुभयो त्यसको सम्मान गरेको छ । यस्तै पूर्वमहामन्त्री मुकुल ढकालले स्थापनाकालदेखि दस्ताबेजीकरण गर्न सहजीकरण गर्नुभयो त्यसका लागि धन्यवाद छ’, उनले भने,‘आफ्नो निर्णय लिन उहाँ स्वतन्त्र हुनुहुन्छ । उहाँहरू बारेमा कसैले पनि नकारात्मक टिप्पणी गरेको छैन । जहाँसम्म नेतृत्वले अवसर दिनुभएको थियो । सहयात्रा टुङ्गिएको छ । अर्को कुरा उहाँले एजेण्डा छोड्नु भएको छैन । यही देशमा बस्नुभएको छ । उहाँबाट धेरै कुरा सिक्न पायौँ । नयाँ यात्राको लागि स्वागत छ ।’
बैठकमा केही नेताहरूले श्रेष्ठलाई फर्काउने विषयमा मत राखेको पनि झाले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण