कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता
जनकपुर । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिस सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिएसँगै कांग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलले पनि पुष्टि गरेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।
उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न दिएको सुझावअनुसार समर्थन फिर्ता लिइएको जानकारी दिए । ‘जनमत पार्टीले आफ्नो सरकारबाट बाहिरिएपछि हामीले पनि बस्न उचित नभएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गर्यौँ’ संसदीय दलका नेता यादवले भने ।
‘अब औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ,’ उनले भने । आफ्ना मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको समेत उनले बताए ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारबाट करिब १६ महिनापछि कांग्रेस बाहिरिएको हो । यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । २८ भदौमा जनमत पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारबाट बाहिरिएको थियो ।
चार दलीय गठबन्धनको सरकारलाई दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण