संसद् बैठक
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
बिहीबार, ०४ असार २०८३, १८ : ०१
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनलाइन तथा सामाजिक सञ्जालमा जथाभाबी बोल्नेलाई कारबाहीको व्यवस्था गर्न माग गरेका छन् ।
- उनले गृहमन्त्री सुधन गुरुङलाई 'अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?' भन्दै प्रश्न गरेका थिए ।
- आजको संसदमा ९ मन्त्रालयसहित १३ निकायको छलफल भई आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनलाइन तथा सामाजिक सञ्जालमा जथाभाबी बोल्नेलाई कारबाहीको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमा गृह मन्त्रालयको विनियोजनमाथि छलफलमा प्रष्टीकरण माग गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
गृहमन्त्री सुधन गुरुङले दिएको जवाफमा प्रष्टीकरण माग गर्दै उनले ‘अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?’ भन्दै प्रश्न गरेका थिए ।
आजको संसदमा ९ मन्त्रालयसहित १३ निकायको छलफल भई आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण