शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

मधेस सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता, आजै मन्त्री फिर्ता बोलाइने

बुधबार, ०८ असोज २०८२, १२ : १७
बुधबार, ०८ असोज २०८२

सारांश

  • कांग्रेसले मधेस सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ।
  • प्रदेश राजधानी जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
  • मुख्यमन्त्री शतिस सिंह नेतृत्वको सरकारबाट १६ महिनापछि कांग्रेस बाहिरिएको हो।

जनकपुर । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  

मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । 

उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो । 

‘अब औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ,’ उनले भने । कांग्रेसका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए ।  

मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा सहभागी भएको १६ महिनापछि सरकारबाट कांग्रेस बाहिरिएको हो । यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकार ढाल्दै समर्थन फिर्ता लिइसकेको छ । 

चार दलीय गठबन्धनको सरकारबाट दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप