बैङ्ककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध
सारांश
- बैंककको सडक भासिँदा यातायात अवरुद्ध भयो र पूर्वाधारमा क्षति पुग्यो, वरपरका क्षेत्र खाली गरियो।
- दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि तीनवटा गाडीमा क्षति पुगेको छ, भूमिगत रेल स्टेशन निर्माणलाई कारण मानिएको छ।
- सडक भासिँदा बिजुलीका खम्बा ढले र पानीको पाइप फुट्यो, नजिकैको अस्पतालमा ओपिडी सेवा बन्द गरियो।
बैङ्कक । बुधबार बैङ्ककको सडकको एक भाग भासिएर ठूलो खाडल बनेपछि यातायात अवरुद्ध भएकाे छ । साे घटनापछि पूर्वाधारमा पुगेकाे र वरपरका क्षेत्र खाली गराइएको छ ।
कुनै मानवीय क्षति नभएको तर तीनवटा गाडी क्षतिग्रस्त भएको बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टले बताए । उनले यसलाई भूमिगत रेल स्टेशन निर्माण कार्यसँग जोडेर दुर्घटनाको कारण हुनसक्ने बताए ।
दुर्घटनाको भिडियोमा सडक क्रमशः भासिँदै बिजुलीका खम्बा ढल्दै र पानी पाइप फुटेको देखिन्छ । चार लेनको सडक पूर्ण रूपमा अवरुद्ध भएपछि कारहरू पछि हट्न बाध्य भएका छन् । खाडलको किनारा भूमिगत संरचना उजागर गर्दै प्रहरी चौकीको अगाडि नै रोकिएको छ ।
नजिकैको अस्पतालमा दुई दिन बहिरङ्ग सेवा (ओपिडी) बन्द हुने घोषणा गरिएको छ । यद्यपि भवनको संरचनामा असर नपरेको बताइए पनि प्रहरी चौकी र आसपासका घरहरूबाट मानिसहरूलाई बाहिर निकालिएको छ ।
क्षेत्रको बिजुली र पानी आपूर्ति पनि काटिएको छ । भारी वर्षाले थप क्षति पुर्याउन सक्ने आशङ्का बीच तत्काल मर्मत कार्य भइरहेको गभर्नर चाडचार्टले जानकारी दिए । बैङ्ककमा अहिले मनसुनको मौसम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण