सरुवा
जेनजी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको आरोप लागेका काठमाडौँका सीडीओ मन्त्रालय तानिए
बुधबार, ०८ असोज २०८२, २१ : ४७
काठमाडौँ । भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको आरोप लागेका काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको सरुवा भएको छ ।
बुधबार गृहमन्त्रीस्तरीय निर्णयले उनलाई मन्त्रालयमा तानिएको हो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले रिजाललाई मन्त्रालयमा तानिएको पुष्टि गर्दै उनको ठाउँमा ईश्वरराज पौडेललाई पठाइएको जानकारी दिए।
मन्त्रालयमा सरुवा भएका रिजाल हालसम्म सेनाकै घेरामा रहेको बताइन्छ । उनको चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले वेबसाइटबाट फोटो नै हटाएको थियो । बुधबार रातिसम्म समेत वेबसाइटमा उनकै नाम रहेको छ भने फोटो भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण