अनरले ल्यायो नयाँ स्मार्टफोन, कति पर्छ मूल्य ?
काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल 'अनर प्ले१०' सार्वजनिक गरेको छ। 'प्ले इट कुल' स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पनीले स्टाइलिश, शक्तिशाली र सबैका लागि उपयुक्त भनेको छ ।
'अनर प्ले१०'मा ६.७४ इन्चको ठूलो डिस्प्ले, फ्ल्याट–फ्रेम डिजाइन, MediaTek Helio G81 प्रोसेसर र Android 15 को सपोर्ट रहेको छ। कम्पनीका अनुसार यसले सहज स्पीड, सजिलो मल्टिटास्किङ र अविराम मनोरञ्जन सुनिश्चित गर्छ।
५०००mAh क्षमताको ब्याट्री र १०W चार्जिङसहित आउने यो मोडलले लामो समयसम्म पावर प्रदान गर्ने दाबी गरिएको छ। क्यामेराको हिसाबले, यसमा १३MP पछाडिको क्यामेरा र ५MP फ्रन्ट क्यामेरा उपलब्ध छ।
कम्पनीले विद्यार्थी, गेमप्रेमी वा स्टाइल र परफर्मेन्स दुवै चाहने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने जनाएको छ।
HONOR Play 10 आजैदेखि रु. १०,९९९ मा उपलब्ध छ। उपभोक्ताले यसलाई Efix वा नेपालभरका आधिकारिक खुद्रा स्टोरहरूबाट खरिद गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण