बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जेनजी प्रदर्शन : थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या ७५ पुग्यो

बिहीबार, ०९ असोज २०८२, १८ : २७
बिहीबार, ०९ असोज २०८२

काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनीमा परेकी थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा त्यहाँ काम गर्ने कौशिला देवी दुसाद्नीको उपचारको क्रममा मृत्यु भएको हो । 

४५ वर्षीया कौशिलादेवीको कीर्तिपुर स्थित बर्न अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले रातोपाटीलाई बताए ।

प्रदर्शनकारीले भदौ २४ मा रुङ्गाटाको घरमा आगजनी गरेका थिए । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको स‌ंख्या ७५ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको डीआईजी घिमिरेले बताए । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् । 

प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ छन् ।

कैदीबन्दी तथा बाल बन्दीतर्फ १० जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप