शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्रीको सम्बोधन

सरकारी कार्यालयमा विना झन्झट सेवाप्रवाहको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री

बिहीबार, ०९ असोज २०८२, १८ : ३६
बिहीबार, ०९ असोज २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयमा विना झन्झट सेवाप्रवाह गरिने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सेवाप्रवाहका क्रममा सरकारी कर्मचारीले गरेका व्यवहारप्रति गुनासोका लागि तीनै तहका निकायमा हटलाइनको व्यवस्था गर्ने बताइन् । 

‘विना झन्झट सेवा प्रवाह हुने हुने सुनिश्चितता दिलाउन चाहन्छु । भ्रष्टाचार न्यूनीकरण विधिको शासन, सामाजिक न्यायको प्रत्याभूति लगायत क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ,’ उनले भनिन् । 

सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाई, काम पन्छाउने, घुस माग्ने, अनावश्यक दु:ख दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्नेजस्ता कार्य भएमा उजुरी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरु र प्रदेश तथा स्थानीय तहका निकायमा हटलाइनको व्यवस्था गरिएको प्रधानमन्त्री कार्कीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप