बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशको सरकारमा मोर्चाको दाबी, मधेसवादी दलबिच एकताको प्रस्ताव

बिहीबार, ०९ असोज २०८२, १९ : ३३
बिहीबार, ०९ असोज २०८२

सारांश

  • मधेस प्रदेशमा जनमत पार्टीका मुख्यमन्त्री अल्पमतमा परेपछि लोकतान्त्रिक मोर्चाले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको छ।
  • मोर्चामा आबद्ध दलहरूले सरकार गठनबारे छलफल गर्न गृहकार्य गर्ने र त्यसपछि बैठक बस्ने निर्णय गरे।
  • मोर्चामा आबद्ध दलहरूबीच एकताका लागि बैठकमा प्रस्ताव गरिएको छ, जसमा शीर्ष नेताहरू सकारात्मक देखिएका छन्।

काठमाडौँ । मधेस प्रदेशको सरकारमा सङ्घीय लोकतान्त्रिक मोर्चाले दाबी गर्ने भएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि अब बन्ने नयाँ सरकारका लागि लोकतान्त्रिक मोर्चाले दाबी गर्ने निर्णय गरेको छ । 

मधेस केन्द्रित सातको लोकतान्त्रिक मोर्चाको आज बैठक बसेको थियो । मोर्चामा जसपा नेपाल, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, तमलोपा र जनमत पार्टी रहेका छन् । 

तर डा.सिके राउत नेतृत्वको जनमत पार्टी बैठकमा अनुपस्थिति हुँदै आएका छ । सरकार गठनको बारेमा मोर्चामा आबद्ध दलहरू मधेस प्रदेशमा गृहकार्य गर्ने र त्यसपछि बैठक बसेर थप छलफल गर्ने बैठकमा सहभागी एक नेताले बताए । 

मधेस प्रदेशमा जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको मात्र सांसद छन् । सम्भवतः सरकार गठनका लागि मोर्चाले साथ नदिने देखिएको छ । 

त्यसैगरि मोर्चामा आबद्ध दलहरूको बिचमा एकताका लागि बैठकमा प्रस्ताव गरिएको छ । लोकतान्त्रिक मोर्चाको सचिवालयले एकताका लागि बैठकमा प्रस्ताव गरेको छ ।

यो प्रस्तावमा शीर्ष नेताहरू पनि सकारात्मक रहेको अगामी दिनमा गृहकार्य गरेर अगाडि बढ्ने सहमति भएको ती नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप