जंगी अड्डामा पृतनापति सम्मेलन सम्पन्न
सारांश
- सैनिक मुख्यालय जंगी अड्डाले पृतनापतिहरूको सम्मेलन आयोजना गर्यो।
- सम्मेलनमा जेनजी प्रदर्शन र सुरक्षा चुनौतीबारे छलफल भयो।
- सम्मेलनमा विभिन्न पृतनाका प्रमुखहरू सहभागी थिए र प्रधान सेनापति ट्रफीको समापन भयो।
काठमाडौँ । सैनिक मुख्यालय जंगी अड्डाले पृतनापतिहरूको सम्मेलन आयोजना गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनपछि सैनिक मुख्यालयले सम्मेलन आयोजना गरेको हो । बिहीबार सम्मेलन सम्पन्न भएको सैनिक प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । उनले भने– ‘यो हाम्रो नियमित सम्मेलन हो ।’
जेनजी प्रदर्शनसँगै बढेको सुरक्षा चुनौतीबारे पृतनापतिहरूको आ–आफ्नो क्षेत्रको ब्रिफिङ गरेका छन् । सम्मेलनमा पूर्वीपृतना प्रमुख गौरव कुमार केसी, मध्य पृतनापति हरेन्द्र पाठक, उपत्यका पृतनाका रवीन्द्र कार्की, पश्चिम पृतनाका मधुकरसिंह कार्की, मध्य पृतनाका प्रेम पुन, उत्तर पश्चिम पृतनाका दिपेशजंग शाह र सुदूरपश्चिम पृतनाका किरण केसी सहभागी थिए ।
प्रत्येक वर्ष नियमित रूपमा हुने सम्मेलन भएको हुनाले नियमित एजेन्डामा छलफल भएको सहायकरथी बस्नेतले बताए । सम्मेलन समापनसँगै शुक्रवार प्रधान सेनापति ट्रफीको समापन समारोह हुँदैछ । सो समारोह जंगी अड्डास्थित सैनिक खेल मैदानमा आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण