एसिया कप
पाकिस्तान र भारत एसिया कपको उपाधिका लागि भिड्ने
शुक्रबार, १० असोज २०८२, ०० : २१
सारांश
- एसिया कप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।
- दुबई क्रिकेट मैदानमा बङ्गलादेशले १३६ रनको लक्ष्य पछ्याउँदै १२४ रन मात्र बनायो।
- पाकिस्तानका लागि मोहमद नावाजले २५ रन र बङ्गलादेशका शामिम हुशेनले ३० रन बनाए।
काठमाडौँ । पाकिस्तान र भारत एसीसी एसिया कपको उपाधिका लागि भिड्ने पक्का भएको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले बङ्गलादेशमाथि ११ रनको जित निकाल्दा पाकिस्तान फाइनलमा प्रवेश गरेको हो ।
दुबई क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धरित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १२४ रन बनायो ।
बङ्गलादेशका लागि शामिम हुशेनले ३० रन बनाउँदा शरिफ हशनले १८ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद नावाजले २५ रन जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण