बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको फेक आइडी बनाइयो : मन्त्रिपरिषद् कार्यालय

शुक्रबार, १० असोज २०८२, १४ : ०३
शुक्रबार, १० असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली फेसबुक र ट्वीटर आइडी बनाएर समाचार पोस्ट गरिएको पाइएको छ।
  • प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै ती आइडीहरू नक्कली भएको जनाएको छ।
  • गैरकानुनी कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाएर फेसबुक र ट्वीटरबाट समाचार पोस्ट गरेको पाइएको भन्दै आपत्ति जनाएको छ ।

साथै ती आइडीहरू फेक रहेको भन्दै कार्यालयका प्रवक्ता सहसचिव रविलाल शर्माले विज्ञप्ति जारी गरेर भ्रममा नपर्न अनुरोध गरेका छन् ।

शुक्रबार जारी विज्ञप्तिमा अब गैरकानुनी काम गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

 ‘यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

553287362_1131906638480721_5893414593813906250_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप