अपडेट
सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द
शुक्रबार, १० असोज २०८२, १४ : १५
सारांश
- यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र र सवारी दर्ता सम्बन्धी सेवा बन्द गरेको छ।
- मीनभवनस्थित डाटा सेन्टरमा आगजनीका कारण प्रणालीमा समस्या आएको हो।
- सर्वर मर्मत सम्भारको काम भइरहेकाले सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्म उपलब्ध हुने छैनन्।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख छ। यस कारण सर्वर मर्मत सम्भारको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ।
यातायात व्यवस्था विभागका अनुसार प्रणाली मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा सुचारु गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण