ढिलासुस्ती, मोलमोलाहिजा र घुससम्बन्धी गुनासो इमेलमार्फत दिन सकिने
शुक्रबार, १० असोज २०८२, १४ : १९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेवाग्राहीलाई ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस–रिसवत माग्ने, अनावश्यक दुःख दिने तथा अमर्यादित व्यवहार गर्ने जस्ता कार्यबारे गुनासो पेस गर्न सक्ने व्यवस्था गरेको छ ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै मन्त्रालय मातहतका विभाग, आयोजना तथा कार्यालयहरूमा हुने यस्ता गतिविधिबारे सेवाग्राहीले इमेल र टेलिफोनमार्फत गुनासो गर्न सक्ने जनाएको हो ।
सूचना अनुसार, सेवाग्राहीले गुनासो वा सुझाव [email protected] मा पठाउन सक्नेछन् । साथै, थप जानकारी वा प्रत्यक्ष सम्पर्क आवश्यक परेमा ०१–४२११९४५ नम्बरमा सम्पर्क राख्न सकिनेछ ।
मन्त्रालयले सो व्यवस्थामार्फत सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र मर्यादित व्यवहारलाई सुनिश्चित गर्न खोजिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण