६ किलो सुनका भरियासँग रोमिङ सुविधाको चाइनिज नम्बर ! (भिडियो)
काठमाडौं–आईतबार नागढुंगा चेकपोष्टबाट ६ किलो सुनसहित पक्राउ परेका सिन्धुपाल्चोक मार्मिङ– ८ का तेन्जिङ तामाङसँग रोमिङ सुविधा सहितको चाईनिज मोवाईल नम्बर रहेको खुलेको छ ।
चीन–नेपाल सीमानाको केरुङ नाकाबाट ६ किलो सुन काठमाडौंको स्वयम्भुसम्म ल्याउने जिम्मा लिएका तामाङले सुन तस्करसँग चिनियाँ मोवाईल नम्बरबाट मात्रै कुरा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आईतबार पक्राउ परेका सुन भरिया तेन्जिङ र उनीबाट बरामद ६ किलो सुन सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
‘केरुङबाट मोटरसाईकलमा काठमाडौंको स्वयम्भुसम्म सुन ल्याईदिएबापत तस्करले तेन्जिङ तामाङलाई ५० हजार नगद दिने भनेको खुल्न आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘सुनको मालिक को थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।’
आईतबार साँझ महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर केशव भट्टको टोलीले बा. ९५ प ८१६४ नम्बरको मोटरसाईकल लिएर धादिङको गल्छी हुँदै काठमाडौं आउँदै गरेका तेन्जिङलाई पक्राउ गरेको थियो ।
कम्मरमा खैरो कालो छिर्केमिर्के रङको लेजिड सलमा सुन बाँधेर आएका तेन्जिङ यसअघि पनि सुन ओसार–पसारमा संलग्न भए नभएको बारे अनुसन्धान भइरहेको बताइएको छ।
काठमाडौं प्रहरीले तेन्जिङलाई आवश्यक कानुनी कारवाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
भन्सार ऐन २०६४ को दफा ५७ अनुसार अवैध सुन कारोबार गर्नेमाथि १ करोड रुपैयाँ भन्दा बढी ५ करोडसम्मको बिगोमा १ देखि ३ बर्षसम्म कैद सजाय हुने कानुनी ब्यवस्था रहेको छ ।
तेन्जिङले केरुङ नाकाबाट एक चिनियाँ ब्यापारीले ६ किलो सुन दिँदै ‘स्वयंभु लगेर छाडिदिनु त्यहाँ अर्को मान्छे लिन आउँछ’ भनेको प्रहरीसमक्ष बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण