सर्लाहीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर
सारांश
- सर्लाहीको ब्रहम्पुरीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् र स्कारपियो चालक फरार छन्।
- मृतकहरू र घाइतेको विवरण र घटनापछिको प्रहरीको कार्यबारे जानकारी दिइएको छ।
रौतहट । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडकखण्डमा गएराति स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेको MH–04–DJ–1297 नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक २३ वर्षीय अङ्कित चौधरी र पछाडि सवार २५ वर्षीय रोहित सहनीको मृत्यु भएको छ । चौधरीको उपचारकै क्रममा राति करिब ११ बजेर ४५ मिनेटमा जनकपुरस्थित राम जानकी अस्पतालमा र सहनीको राति १० बजेर २० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डितको बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको छ।
घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए। दुर्घटनाग्रस्त स्कारपियो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकहरूको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण