तस्बिरमा हेर्नुहोस् वीरगञ्ज घण्टाघरको रौनक
वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा दसैँको रौनक सुरु भएको छ । दसैँको अवसरमा यहाँ लाग्ने मेलामा चहलपहल बढ्न थालेको छ ।
मिठाइ पसलेदेखि लिएर खेलौना पसलसहितका अन्य सानासाना व्यवसायीहरूले घण्टाघरदेखि मुख्य सडक छेउमा बस्न थालेका छन् ।
घटस्थापनाको अघिल्लो दिनदेखि यहाँको मुख्य बजारहररुमा मेलाको चहलपहल सुरु भएको हुन्छ ।
घटस्थापनाको दिनदेखि सुरु हुने यो मेलामा फूलपाती लागेपछि अझै उमङ्ग र उत्साहले भरिन थाल्छ ।
वीरगन्जको घण्टाघर, माइस्थान, महाविरस्थान, अलखिया मठ, अलखिया मठ हुँदै विर्तासम्म र माइस्थान चोकदेखि गीता मन्दिरसम्मको सडक छेउछाउमा जेरी पसल छन् ।
प्रत्येक जेरी पसलले मेला अवधिमा ६० हजार बढीको कारोबार गर्ने गरेको व्यापारीहरू बताउँछन् ।मेला अवधिमा एक पसलेले मात्रै कम्तीमा ५० हजारको कारोबार गर्ने गरेका छन् ।
मिठाइ पसलेदेखि लिएर अन्य सानासाना पसले पनि अधिकांश भारतीय नै देखिएका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण