मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन
सारांश
- मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ।
- भदौमा रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा कोरलानाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरियो।
- दुई हप्तामै राजस्व सङ्कलनमा सुधार आएको छ, विद्युतीय सवारीसाधन र मालवाहक कन्टेनरको जाँचपास भयो।
मुस्ताङ । यहाँको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।
गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरलानाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै राजस्व सङ्कलनमा निकै सुधार आएको कार्यायल प्रमुख रमेश खड्काले जानकारी दिए ।
उनले दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँच पास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताए । यसैगरी यहाँबाट भित्रिएका ३११ वटा मालवाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताए ।
भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास हुन बाँकी रहेको छ । ठुलो परिमाणमा मालवस्तु आयात हुँदा यस नाकाबाट हालसम्म पाँचवटा मालवस्तु कन्टेनर मात्र चीनतर्फ निकासी भएका छन् । भन्सार प्रमुख खड्काले नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको जानकारी दिए ।
चीनबाट मालसामान आउने क्रम जारी रहेकाले विभागले दसैँको टीकाको दिनबाहेक अन्य समयमा भन्सारको कार्यसम्पादन जारी रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण