बाह्र केजी गाँजासहित दुई महिला पक्राउ
आइतबार, १२ असोज २०८२, ०९ : ४२
सारांश
- उदयपुरगढी गाउँपालिका-७ मा १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिरहा लहान नगरपालिकाका अस्मिता राम र लीलादेवी राम रहेका छन्।
- उनीहरूले उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा किनेर भारततर्फ लैजाँदै थिए।
उदयपुर । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन् ।
प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताए ।
उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको उनले बताए । पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'
-
उजुरीपछि अख्तियारको छापा
-
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
-
एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
-
जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण
-
इरान युद्धको भर्पाई गर्न ८० अर्ब डलर माग्ने तयारीमा पेन्टागन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण