बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

बीसीसीआईको अध्यक्षमा मिथुन

आइतबार, १२ असोज २०८२, १६ : ४३
आइतबार, १२ असोज २०८२

काठमाडौँ । मिथुन मनहास बीसीसीआईको ३७ औँ अध्यक्षमा निर्वाचित भएका छन् ।

बोर्डको ९४औँ वार्षिक साधारणसभामा उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि रोजर बिन्नीले अगस्टमा राजीनामा दिएपछि यो पद रिक्त थियो ।

राजीव शुक्ला उपाध्यक्षमा यथावत रहेका छन् भने देवजित सैकिया सचिवमा निरन्तरता रहनेछ । रघुराम भट्ट कोषाध्यक्षमा निर्वाचित भएका छन् । उनी कर्नाटक राज्य क्रिकेट संघका लागि २०२२–२०२५ अवधिका लागि निर्वाचित भएका थिए। उनको कार्यकाल सेप्टेम्बर ३० मा सकिँदै छ । प्रभातेज सिंह भाटिया नयाँ संयुक्त सचिव बनेका छन् ।

प्रज्ञान ओझा र आरपी सिंहलाई वरिष्ठ राष्ट्रिय पुरुष चयन समितिमा एस शरथ र सुब्रतो बनर्जीको स्थानमा नियुक्त गरिएको छ । समितिको नेतृत्व अजित अगरकरले गर्नेछन्, जसको कार्यकाल २०२६ टी–ट्वान्टी विश्वकपसम्म रहनेछ। अजय रात्रा र एसएस दास पनि सदस्य रहेका छन् । शरदलाई जुनियर चयन समितिको अध्यक्षमा सरुवा गरिएको छ ।

अन्य सदस्यहरूमा हरविंदर सोडी, रणादेब बोस, पथिक पटेल र कृष्ण मोहन रहेका छन् ।

पूर्व सौराष्ट्र कप्तान जयदेव शाहलाई बीसीसीआईको एपेक्स काउन्सिलमा समावेश गरिएको छ । उनी मिजोरमका खैरुल जमाल मजुमदारको स्थानमा आएका हुन्, जो अरुण धुमलसँगै दुई सदस्यीय आईपीएल गभर्निंग काउन्सिलको सदस्य बनेका छन् ।

वरिष्ठ महिला राष्ट्रिय छनोट समितिमा अमिता शर्मालाई नीतु डेविडको स्थानमा अध्यक्ष बनाइएको छ । उनको टोलीमा श्यामा डे, सुलक्षणा नाइक, जया शर्मा र श्रावन्ती नायडू रहेका छन्। डे बाहेक अन्य सबै नयाँ सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप