रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
सारांश
- रुसले युक्रेनको राजधानी किएभमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
- युक्रेनका राष्ट्रपतिले रुसको विशाल आक्रमणको चेतावनी दिएको केही घण्टामै राजधानीभरि विस्फोट भएका थिए ।
- रुसले ऊर्जा पूर्वाधारलाई लक्षित गरेको दाबी गरे पनि आवासीय क्षेत्रमा आक्रमण गरी सर्वसाधारणको हत्या गरेको आरोप युक्रेनी अधिकारीहरूले लगाएका छन् ।
रुसले बुधबार रातिदेखि बिहीबार बिहानसम्म युक्रेनको राजधानी किएभमा ठुलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
आक्रमणका कारण सहरका विभिन्न क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रुसले विशाल स्तरको आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै राजधानीभरि विस्फोट भएका थिए ।
किभ सैन्य प्रशासनका प्रमुख टिमुर ट्काचेन्कोका अनुसार घाइते हुनेहरूको संख्या उल्लेखनीय रहेको छ, जसमा बालबालिका पनि परेका छन् । उनले बिहीबार बिहान भने, 'शत्रुले फेरि पनि जानाजानी आवासीय क्षेत्रलाई निशाना बनाउँदै सर्वसाधारण नागरिकको हत्या गरिरहेको छ ।'
यता रुसको रक्षा मन्त्रालयले हालै युक्रेनले गरेका आक्रमणको जवाफस्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरिएको दाबी गरेको छ । विस्फोटका कारण किएभका केही भवन नजिक ठुलो खाल्डो बनेको देखिएको छ ।
युक्रेनको वायु सेनाका अनुसार रुसले रातभर ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो, जसको मुख्य लक्ष्य राजधानी किभ थियो । देशको हवाई प्रतिरक्षा प्रणालीले अधिकांश आक्रमण विफल पारे पनि २५ वटा ब्यालिस्टिक मिसाइल र १२ वटा ड्रोन ले ३३ स्थानमा क्षति पुर्याएका छन् ।
किभमा रातभरि लगातार ठुलो आवाजका विस्फोट सुनेको जनाइएको छ । स्थानीय समयअनुसार बिहान ३ः३० बजेसम्म कम्तीमा १० वटा शक्तिशाली विस्फोट भएको गनिएको थियो। सहरको केन्द्रमा एउटा ठुलो आगलागी भएको थियो भने टाढाका अन्य स्थानहरूमा पनि धेरै आगो बलिरहेको देखिएको थियो ।
हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार गरिएका ट्रेसर गोलाहरूले रातभर आकाश उज्यालो बनाइरहेका थिए र त्यसपछि लगातार विस्फोट भइरहेका थिए । बिहीबार बिहान उज्यालो भएपछि विस्फोटको प्रभावले बनेको ठुलो खाल्डो स्पष्ट रूपमा देखिएको थियो ।
धुवाँ निस्किरहेका सवारीसाधन, क्षतिग्रस्त भवन तथा पूर्वाधारका संरचनाहरू भग्नावशेषसँगै देखिएका थिए । सहरका विभिन्न क्षेत्रमा आगलागी भएको छ । एम्बुलेन्स केन्द्रमा पनि क्षति पुगेको छ, जहाँ कम्तीमा एक जना गम्भीर घाइते भएका छन् ।
रातभर भएको हवाई आक्रमणपछि किएभको केन्द्रमा लागेको भीषण आगो निभाउन अग्निनियन्त्रकहरूले संघर्ष गरेका थिए । मुख्य सडकमा रहेको एउटा होटलमा लागेको आगो निभाउने प्रयास पनि जारी रहेको थियो ।
युक्रेनको सरकारी आपतकालीन सेवा विभागका अनुसार हालसम्म १३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले हालसम्म ३४ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । उद्धार कार्य अझै जारी छ । उच्च आवासीय भवन तथा किएभको दक्षिण–पूर्वी क्षेत्रमा रहेका घरहरूमा उद्धार टोली परिचालन गरिएको छ ।
युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले मित्र राष्ट्रहरूलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण