जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने सरकारको निर्णय
आइतबार, १२ असोज २०८२, १७ : ५४
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गर्ने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाएको छ ।
प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलको भनाइ छ । जेनजी क्लिनिकमार्फत सहज र निशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय समेत सरकारले गरेको छ ।
बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण