ट्रम्प र नेतान्याहूबिच भेटवार्ता, गाजामा शान्तिको लागि नयाँ प्रस्तावमा यी बुँदाहरू समावेश
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू ह्वाइट हाउसमा भेटवार्ता गरे।
- भेटमा गाजामा युद्धविरामका लागि २१ बुँदे शान्ति प्रस्तावबारे छलफल भयो।
- प्रस्तावमा बन्धक रिहाइ, मानवीय सहायता, सेना फिर्ती, र नयाँ सरकार गठनजस्ता विषयहरू समावेश छन्।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ह्वाइट हाउसको ओभल अफिसमा भेटेका छन् ।
बैठकमा गाजामा युद्ध रोक्न नयाँ युद्धविराम प्रस्तावमा छलफल भएको छ । ट्रम्पले नेतान्याहूलाई ह्वाइट हाउसमा स्वागत गरिरहेको बेला, पत्रकारहरूले उनलाई केही प्रश्नहरू सोधेका थिए । ‘के तपाईं गाजामा चाँडै शान्ति प्राप्त हुने कुरामा विश्वस्त हुनुहुन्छ ?’ एक पत्रकारले ट्रम्पलाई सोधेका थिए ।
‘हो, म पूर्ण रूपमा विश्वस्त छु,’ यसको जवाफमा ट्रम्पले भनेका थिए । ट्रम्प र नेतान्याहूले नयाँ २१ बुँदे शान्ति प्रस्तावमा छलफल गरेको बताइएको छ । यो प्रस्तावले गाजामा युद्ध रोक्न मद्दत गर्ने आशा ट्रम्पले गरेका छन् ।
यो प्रस्ताव आधिकारिक रूपमा उनीहरूलाई पठाइएको छैन भनेर हमासले बताएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार, ट्रम्पसँग नेतान्याहूको भेटको बिचमा इजरायलले गाजामा आक्रमणहरू तीव्र पारेको छ । सीबीएस न्यूजले स्रोतहरूलाई उद्धृत गर्दै नयाँ शान्ति प्रस्ताव पनि रिपोर्ट गरेको छ । यस २१ बुँदे प्रस्तावमा निम्न बुँदाहरू समावेश भएको बताइएको छः
– जीवित रहेका बाँकी सबै बन्धकहरूको रिहाइ
– गाजामा मानवीय सहायतामा बढी पहुँच
–गाजा पट्टीबाट इजरायली सेनाको फिर्ती
– वेष्ट बैंक कब्जा नगर्ने प्रतिज्ञा
–गाजामा नयाँ बस्ती निर्माण गर्ने कुनै पनि प्रयासको अन्त्य
–हमासबाट अलग नयाँ प्यालेस्टिनी सरकारको गठन
–गाजावासीहरूलाई जबरजस्ती विस्थापन नगरिने वा द्वन्द्वबाट भागेकाहरूको फिर्ता रोक्ने प्रयास नगरिने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण