सुनमाया स्वदेश फर्किइन्
सारांश
- सुनमाया बुढाले स्पेनमा भएको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितिन्।
- उनलाई नेपाल फर्केपछि त्रिभुवन विमानस्थलमा नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका पदाधिकारीहरूले स्वागत गरे।
- बुढाले ८० किलोमिटरको महिला लङ ट्रेल रन १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन्।
काठमाडौँ । ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् । स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया मंगलबार बिहान नेपाल फर्किएकी हुन् ।
बुढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । महासंघका सचिव सहदेव व्यञ्जनकार, कोषाध्यक्ष रीकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले बुढालाई विमानस्थलमा स्वागत गरेका थिए ।
विश्व माउन्टेन रनिङ एसोसिएसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनसिपमा सुनमायाले रजत पदक हात पारेकी थिइन् ।
उनले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दुरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पुरा गरेकी थिइन् । नेपाल एडभेन्चर फेडेरेसनले प्रतियोगितामा नेपालबाट बुढा सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो । टोलीको व्यवस्थापकमा प्रीति खत्री थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण