दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको चेतावनी
सारांश
- नेपाली कांग्रेसले भदौ २३-२४ गतेको हिंसामा संलग्नलाई उन्मुक्ति दिएकोमा सरकारलाई चेतावनी दिएको छ।
- कांग्रेसले शान्तिपूर्ण प्रदर्शनको आवरणमा आतंक मच्चाएको र नेताहरूमाथि आक्रमण भएको आरोप लगाएको छ।
- कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन गर्ने नीतिबाट पछि हट्न र घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ।
काठमाडौँ। नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनी दिएको छ।
पार्टीको तर्फबाट मुख्य सचिव कृष्ण प्रसाद पौडेलले मंगलबार जारी गरेको वक्तव्यमा ती दुई दिनमा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौं घाइते भएको र राष्ट्रलाई खरबौंको क्षति पुगेको उल्लेख गरेको छ। वक्तव्यमा शान्तिपूर्ण प्रदर्शनको आवरणमा नियोजित रुपमा अपराधिक समूहहरूले देशव्यापी आतंक मच्चाएको र राजनीतिक दल तथा नेताहरूमाथि लक्षित आक्रमण गरेको दाबी गरिएको छ।
तर गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसको आधारमा जारी परिपत्रले प्रमाणित अपराधीहरूलाई कानूनी कारबाही नगरी उन्मुक्ति दिने संकेत गरेको भन्दै कांग्रेसले कडा आपत्ति जनाएको छ। पार्टीले यस्तो कदमले संविधानवाद, कानूनी शासन र विधिको शासनको धज्जी उडाएको आरोप लगाएको छ।
कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने नीतिबाट पछि हट्न, घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न र प्रतिशोधमूलक राजनीति नगर्न आग्रह गरेको छ।
वक्तव्यमा भनिएको छ, 'घटनाको प्रारम्भिक छानबिन सुरु नहुँदै आयोगको हवाला दिँदै नेताहरूको राहदानी रोक्का गर्ने, मुलुकभित्रको आवतजावत प्रतिबन्धित गर्ने जस्ता कार्यहरू स्पष्ट राजनीतिक प्रतिशोधका उदाहरण हुन्।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण