मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन निर्वाध सञ्चालनमा
बुधबार, १५ असोज २०८२, ०७ : ३२
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डमा बुधबार यातायात सहज रुपमा चलिरहेको छ।
- सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:२० बजेसम्म सडकमा कुनै अवरोध थिएन।
- पहिले पहिरोका कारण यो सडक खण्डमा यातायात प्रभावित भएको थियो।
चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।
बुधबार बिहान ७:२० बजेसम्म सो सडक खण्डमा कुनै अवरोध नभएको र यातायात सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यसअघि उक्त सडकमा पहिरोका कारण पटक पटक यातायात प्रभावित हुँदै आएको थियो ।
चाडपर्वका कारण सवारीसाधनको चाप उच्च हुने भएकाले चालकलाई निर्धारित गति सीमा भित्र रहेर लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण