बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा शटडाउन, ठप्प भयो सरकारी कामकाज

बुधबार, १५ असोज २०८२, १२ : ५९
बुधबार, १५ असोज २०८२

सारांश

  • अमेरिकामा सरकारी कामकाज ठप्प भएको छ, किनभने सिनेटमा खर्च विधेयक अस्वीकृत भयो।
  • डेमोक्रेट र रिपब्लिकनहरूले एकअर्कालाई बन्दको लागि दोष दिइरहेका छन्।
  • सरकारी कामकाज बन्द हुँदा राष्ट्रिय निकुञ्ज र श्रम तथ्याङ्क ब्युरो बन्द हुनेछन्।

वासिङ्टन डीसी । अमेरिकामा सरकारी कामकाज ठप्प भएको छ ।

सरकारी खर्च विधेकसम्बन्धी डेमोक्रेटको प्रस्ताव सिनेटमा अस्वीकृत भएपछि यो अवस्था उत्पन्न भएको हो । खर्च विधेयकको पक्षमा ४७ र विपक्षमा ५३ मत खसेको थियो । सरकारी कामकाज रोकिने स्थिति टार्न यो विधेयक ल्याइएको थियो । तर १०० सदस्यीय सिनेनमा विधेयकका लागि आवश्यक ६० मत जुट्न सकेन । रिपब्लिकनहरूले पेस गरेको खर्च  विधेयक पनि ५५–४५ मतले अस्वीकृत भएको छ ।

यो लगत्तै ह्वाइट हाउसको वेबसाइटमा शटडाउनको काउन्टडाउन घडी राखिएको छ । वेबसाइटमा यसलाई ‘डेमोक्रेटहरूले गराएको बन्द’ भनेर भनेको छ । 

के हो शटडाउन ?

अमेरिकी सरकारको कामकारबाही चलाउन हरेक वर्ष बजेट पारित गर्नु पदर्छ । कुनै कारणले सिनेट र हाउस अफ रिप्रेजिन्टेटिभ्समा कुनै कारणले सहमति जुट्न सकेन र खर्च विधेयक पारित हुन सकेन भने सरकारी एजेन्सी चलाउन आवश्यक पैसा उपलब्ध हुन्न । यी एजेन्सीका कर्मचारीलाई तलब बाड्न सकिँदैन । यस्तो अवस्थामा गैर–आवश्यक सेवा र कार्यालयहरू बन्द हुन्छन् । 

के भन्छ ह्वाइट हाउस ?

ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले पनि मंगलबार मध्यरातबाट सरकार बन्द हुने पुष्टि गर्ने ज्ञापनपत्र जारी गरेको थियो । यस ज्ञापनपत्रमा निर्देशक रसेल भोटले हस्ताक्षर गरेका छन् । यसैबिच डेमोक्रेट र रिपब्लिकनहरूले बन्दको लागि एकअर्कालाई दोष दिइरहेका छन् ।

रिपब्लिकनहरूले कांग्रेसलाई नियन्त्रण गर्छन् । तर सिनेटमा कुनै पनि खर्च विधेयक पारित गर्न उनीहरूसँग ६० मत चाहिन्छ । तर यो मत उनीहरूसँग पुग्दैन । 

बन्दको प्रभाव व्यापक हुनेछ । राष्ट्रिय निकुञ्जहरू बन्द  भएका छन् । श्रम विभाग अन्तर्गत सञ्चालन हुने श्रम तथ्याङ्क ब्युरो पनि बन्द भएको छ । यसको अर्थ शुक्रबारको लागि तय गरिएको मासिक रोजगार रिपोर्ट जारी हुनेछैन । बन्दले धेरै संघीय एजेन्सीहरू प्रभावित भएका छन् । यद्यपि सेना, हवाई ट्राफिक नियन्त्रण र सामाजिक सुरक्षा जस्ता आवश्यक सेवाहरू भने जारी रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप