पर्याप्त निद्रा पुग्दैन ? लाग्ला है यी घातक रोगहरू
सारांश
- पर्याप्त निद्रा स्वस्थ शरीरको लागि आवश्यक छ र यसको कमीले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ।
- कम निद्राले मुटु रोग, उच्च रक्तचाप, मधुमेह, र मोटोपनाको जोखिम बढाउन सक्छ।
- राम्रो निद्राले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ र विभिन्न रोगहरूसँग लड्न मद्दत गर्छ।
काठमाडौं । पर्याप्त निद्रा हरेकका लागि निकै जरुरी छ । स्वस्थ शरीरको लागि राम्रो निद्रा आवश्यक छ ।
निद्राको कमीले शरीरलाई जतिबेला पनि थकित महसुस गराउँछ र धेरै घातक रोगहरू पनि निम्त्याउन सक्छ । कम सुत्दा शरीरमा नकारात्मक प्रभाव पर्छ, जसले गर्दा धेरै गम्भीर स्वास्थ्य समस्याहरू पैदा हुन सक्छ ।
तपाईं पनि दैनिक ७–८ घण्टाभन्दा कम समय सुत्नुहुन्छ भने तत्कालै यो बानी परिवर्तन गर्नुहोस् । पर्याप्त निद्रा नपुग्दा शरीरलाई यी हानि हुन सक्छः
– निद्राको कमीले मुटुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । त्यसैले, कम सुत्ने मानिसहरूलाई मुटु रोगको जोखिम हुन्छ । कम सुत्दा मुटुको मांसपेशी कमजोर हुन्छ, जसले हृदयघात र स्ट्रोकको जोखिम बढाउन सक्छ ।
– निद्राको कमीले उच्च रक्तचाप बढाउन सक्छ । जब निद्रा अपर्याप्त हुन्छ, शरीरले तनाव हार्मोन कोर्टिसोल बढी निस्कन्छ, जसले रक्तचाप बढाउँछ ।
–निद्राको कमीले शरीरलाई आराम गर्नबाट रोक्छ, जसले इन्सुलिन सन्तुलनमा बाधा पुर्याउन सक्छ र मधुमेहको जोखिम बढाउन सक्छ ।
– कम निद्राले मोटोपन निम्त्याउन सक्छ । कम सुत्ने मानिसहरूको शरीरमा घ्रेलिन हार्माेनको स्तर बढ्छ । यो हर्माेनले भोक बढाउँछ, जसले गर्दा जतिबेला पनि खान मन लाग्ने भइरहन्छ र मोटोपनाको सिकार भइन्छ ।
– जब हामी सुतिरहेका हुन्छौं, शरीरले पनि आराम गर्छ र प्रतिरक्षा प्रणाली बलियो रहन्छ । यद्यपि, निद्राको कमीले प्रतिरक्षा कमजोर हुन्छ ।
राम्रो र गहिरो निद्रा कुनै औषधि भन्दा कम हुन्न । हरेक दिन ७ देखि ८ घन्टा सुत्ने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले कयौं रोगसँग लड्न मद्दत गर्छ । तपाईंको निद्रा राम्रो छैन । राति बारम्बार ब्यूझिरहनु हुन्छ भने छिट्टै नै चिकित्सकलाई भेट्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण