विदेशी मुद्रा १५ सय अमेरिकी डलर भन्दा बढी नगदमा नराख्न अर्थ मन्त्रालयको आग्रह
सारांश
- अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ।
- नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याए भन्सारमा घोषणा गर्नुपर्नेछ।
- स्रोत नखुलेको रकम फेला परेमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुनेछ।
काठमाडौँ। अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ।
बुधबार राति अर्थमन्त्रालयले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यस्तो आग्रह गरेको हो ।
विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मन्त्रालयले भनेको छ,‘विदेश भ्रमणबाट फर्किदा बचत भएको विदेशी मुद्रा वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा नगदमा राख्न पाउने। नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५००० अमेरिकी डलर वा सो बराबरको रकम भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाउने र सो भन्दा बढी रकमको हकमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने।’
रामेश्वर खनाल अर्थमन्त्री भएर आएपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीका यस्ता नियम कार्यान्वयनमा कडाइ गरिरहेको छ।
त्यस्तै,अब नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्नू पर्ने भएको छ।
स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ।
प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैङ्किङ माध्यमबाट गर्नुपर्ने पनि अर्थले जनाएको छ।
मन्त्रालयले भनेको छ,‘स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै वाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने। प्रचलित अन्य कानुनमा भएको व्यवस्था बाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैङ्किङ प्रणाली बाट मात्रै गर्नु पर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण