मलेसियासँगको महिला टी-२० सिरिज आजदेखि क्वालालाम्पुरमा
बिहीबार, १६ असोज २०८२, ०७ : ०७
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (बिहीबार) देखि मलेसियासँग टी-२० सिरिज खेल्ने भएको छ ।
जसअनुसार पाँच वटा अन्तर्राष्ट्रिय सिरिज हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलो खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा आज दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
त्यस्तै दोस्रो खेल ४ अक्टोबर, तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र अन्तिम तथा पाँचौँ खेल ८ अक्टोबर बिहीबार हुने जनाइएको छ ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली मलेसिया पुगिसकेको छ । टोलीमा बर्मासहित पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण