शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खाली पेटमा चियासिड पानी पिउनुका पाँच फाइदा

बिहीबार, १६ असोज २०८२, ०७ : २१
बिहीबार, १६ असोज २०८२

सारांश

  • चियासिडको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ, जसले पाचन सुधार, तौल घटाउन र मुटुको स्वास्थ्यमा सहयोग गर्छ।
  • चियासिडमा ओमेगा-३, फाइबर, प्रोटिन, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हड्डी बलियो बनाउन र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।
  • चियासिड पानी बनाउन एक गिलास पानीमा १-२ चम्चा चियासिड राखेर रातभर भिजाउनुपर्छ, र बिहान खाली पेटमा पिउनुपर्छ।

काठमाडौँ। आजको व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारण स्वास्थ्यमा आउने चुनौतीहरूलाई कम गर्न चियासिडको सेवनलाई एक उत्तम उपाय मानिएको छ।

चियासिडलाई पानीमा भिजाएर बिहान खाली पेटमा पिउँदा स्वास्थ्यमा सकारात्मक परिवर्तनहरू देखिन सक्छन्।

चियासिडमा ओमेगा–३ फ्याटी एसिड, फाइबर, प्रोटिन, क्याल्सियम र एन्टिअक्सिडेन्ट जस्ता अत्यावश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन्।

  • चियासिडका मुख्य पाँच लाभहरू

१. पाचन सुधारमा सहयोगी

चियासिडमा प्रशस्त फाइबर हुन्छ। पानीमा भिजाएपछि यो जेलजस्तो बन्छ, जसले आन्द्रा सफा गर्न र पाचन प्रक्रियालाई चुस्त बनाउन मद्दत गर्छ। दैनिक यसको सेवन गर्दा कब्जियतको समस्या कम हुन्छ र पेट लामो समयसम्म हलुङ्गो तथा आरामदायी महसुस हुन्छ।

२. तौल घटाउन वरदान

तौल नियन्त्रण गर्न खोज्नेहरूका लागि चियासिड भिजाएको पानी वरदान साबित हुन सक्छ। उच्च फाइबरका कारण यसले पेटलाई लामो समयसम्म भरिएको (सटायटी) महसुस गराइराख्छ, जसले गर्दा बारम्बार भोक लाग्ने समस्याबाट मुक्ति मिल्छ। यसमा क्यालोरी कम र पोषक तत्व उच्च हुने भएकाले ऊर्जा पनि प्रदान गर्दछ।

३. हड्डी र दाँतलाई बलियो बनाउँछ

चियासिडमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियमको मात्रा उल्लेखनीय हुन्छ। यी खनिजहरू हड्डी र दाँतलाई बलियो बनाउन महत्वपूर्ण हुन्छन्। नियमित चियासिड पानीको सेवनले हड्डी बलियो राख्न मद्दत मिल्छ र बढ्दो उमेरमा हड्डी कमजोर हुने जोखिम पनि कम गर्दछ।

४. मुटुको स्वास्थ्यका लागि फाइदाजनक

चियासिड ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत हो, जुन मुटुको स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ। यसले खराब कोलेस्ट्रोल (LDL) कम गर्न र राम्रो कोलेस्ट्रोल (HDL) बढाउन मद्दत गर्छ। यसका साथै, यसले रक्तचाप नियन्त्रण गर्न र मुटु रोगको जोखिम घटाउन पनि सहयोग गर्दछ।

५. छाला र कपालको लागि उत्तम

एन्टिअक्सिडेन्टले भरिपूर्ण हुने भएकाले चियासिडले छालालाई फ्री रेडिकलबाट हुने क्षतिबाट बचाउँछ। हरेक बिहान यो पानी पिउनाले छालालाई चम्किलो र स्वस्थ राख्न मद्दत गर्दछ। यसमा पाइने प्रोटिन र खनिजहरूले कपालको जरालाई बलियो बनाउँदै कपालको वृद्धिमा पनि सहयोग पुर्याकउँछ।

  • कसरी बनाउने चियासिड पानी ?

एक गिलास पानीमा १–२ चम्चा चियासिड राखेर रातभर भिजाउनुहोस्। (चियासिडको अत्यधिक सेवन गर्नु हुँदैन।) यदि मन पर्छ भने, यस पानीमा कागतीको रस पनि थप्न सकिन्छ।

अस्वीकरण: यस लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीका आधारमा तयार पारिएको हो। विशेष स्वास्थ्य अवस्थाका लागि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप