तपाईंको बच्चाले तपाईंले भनेको कुरा सुन्दैन ?
सारांश
- अभिभावकहरूले आफ्ना छोराछोरीलाई बुझ्न र अनुशासन सिकाउन साथी बन्नुपर्छ।
- नियमहरू स्पष्ट पार्दै, सकारात्मक भाषा प्रयोग गर्दै, र प्रशंसा गर्दै बच्चाहरूलाई सही मार्गमा डोर्याउनुपर्छ।
- बालबालिकाहरूको व्यवहार सुधार गर्न धैर्य, भावनात्मक बुद्धिमत्ता, र स्क्रिन समयको नियन्त्रण आवश्यक छ।
काठमाडौँ । आफूले भनेको कुरालाई छोराछोरीले बेवास्ता गर्छन्, नियमहरूको पालना गर्दैनन्, वा बारम्बार सम्झाउँदा पनि बानस्मा कुनै सुधार देखाउँदैनन् भनेर अधिकांश मातापिता चिन्तित रहन्छन् । यस्तो व्यवहार सामान्य हो, तर यसलाई बेवास्ता गर्नु सही होइन; समझदारीपूर्वक, धैर्य र प्रेमले उनीहरूलाई मार्गदर्शन गर्नु जरुरी छ ।
आजको यस लेअमा हामी यस्तै केही प्रभावकारी सुझावहरूबारे कुराकानी गर्नेछौं, जसले छोराछोरीसँग तपाईंको सम्बन्धलाई बलियो बनाउनेछ र बच्चालाई अनुशासन सिकाउन मद्दत गर्नेछ ।
साथी बन्नुस्, अभिभावक मात्र होइन
केटाकेटी तपाईसँग त्यतिबेला मात्रै खुलेर कुरा गर्नेछन्,जब तपाईंमा उनीहरूले साथीको रूपमा देख्छन् । उनीहरूको कुरालाई ध्यानपूर्वक सुन्नुहोस् अनि उनीहरूको विचार महत्त्वपूर्ण छ भन्ने कुरा उनीहरूलाई महसुस गराउनुहोस् ।
नियमहरू स्पष्ट पार्नुहोस्
सही के हो ? गलत के हो ? भन्ने कुरा जबसम्म उनीहरूलाई भनिदैन तबसम्म बालबालिकाहरूलाई थाहा हुँदैन । त्यसैले, घरका नियमहरू सरल र स्पष्ट राख्नुहोस् । यस्ता नियम किन पालना गर्नुपर्छ भनेर पनि तिनीहरूसामु व्याख्या गर्नुहोस् ।
जतिबेला पनि गाली नगर्ने
हरेक स–सानो कुरामा रोकटोक गरिरहेका बच्चाहरू रिएक्टिभ हुन्छन् । उनीहरूलाई सुधार्नुुको सट्टा, सच्याउनुको सट्टा उनीहरूलाई गल्तीहरूबाट सिकाउने प्रयास गर्नुहोस् ।
सकारात्मक भाषाको प्रयोग गर्नुहोस्
‘यो नगर, त्यो नगर’ भन्नुको सट्टा ‘यस्तो गर्यौ भने राम्रो हुन्छ’ जस्ता वाक्यांशहरू बच्चासँग कुराकानी गर्न बढी प्रभावकारी हुन्छन् ।
प्रशंसा गर्न नबिर्सनुस्
बच्चाले केही राम्रो गर्छन् भने उनीहरूको प्रशंसा गर्नुहोस् । यसले उनीहरूको सेल्फ इमेज बलियो हुन्छ अनि बारम्बार राम्रो काम प्रोत्साहित हुन्छन् ।
आफैं उदाहरण बन्नुस्
बालबालिकाहरूले तपाईंले भनेको कुराबाट सिक्दैनन्, तपाईंले गरेको कामबाट सिक्छन् । तपाईंको बानी हेरेर उनीहरूले सिक्छन् । त्यसैले छोराछोरीसामु राम्रो उदाहरण बन्नुहोस् ।
सँगै समय बिताउनुस्
पारिवारिक समयले भावनात्मक सुरक्षा प्रदान गर्दछ र बन्धनलाई बढावा दिन्छ । त्यसैले हरेक दिन छोराछोरीसँग बिताउनका लागि केही समय छुट्याउनुहोस् । यो समयमा केही सृजनशील कामहरू गर्नुहोस् ।
स्क्रिन समय नियन्त्रण गर्ने
मोबाइल फोन र टिभीमा धेरै समय बिताउँदा बच्चाको व्यवहार चिडचिडे हुन सक्छ । त्यसैले स्क्रिनमा बिताउने तनीहरूको समय सीमित र नियन्त्रण गर्नुस् ।
धैर्य गर्नुहोस् र सजाय दिनबाट बच्नुस्
बारम्बार आफ्नो बच्चालाई गाली गर्नु वा सजाय दिनु राम्रो समाधान होइन । त्यसैले, धैर्यपूर्वक तिनीहरूलाई सही र गलत बीचको भिन्नता सिकाउनुस् ।
भावनात्मक बुद्धिमत्ता विकास गर्नुस्
बालबालिकाहरूको पनि भावना हुन्छन् । तिनीहरूलाई आफ्ना भावनाहरू महसुस गर्न दिनुस् । आफ्ना मनका भावनाहरूलाई कसरी व्यक्त गर्ने भनेर उनीहरूलाई सिकाउनुस् ।
प्रत्येक बच्चा फरक हुन्छ अनि तिनीहरूलाई बुझ्ने तरिका फरक हुन्छ । उनीहरूलाई प्रेम, अनुशासन र धैर्यताका साथ हुर्काउनुभयो भने तिनीहरूले तपाईंको आज्ञा पालन गर्ने मात्र होइन, समझदार र जिम्मेवार व्यक्ति पनि बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण