रावणको तीन वटा प्रतिमा दहन
सारांश
- महोत्तरीको जलेश्वरमा विजया दशमीको दिन रावणका तीनवटा पुतला दहन गरियो।
- यो परम्परा त्रेतायुगदेखि चलिआएको विश्वास छ, जसले सत्यको विजय मनाउँछ।
- पुतला भारतबाट आएका कलाकारहरूले बनाएका थिए र यसमा विस्फोटक पदार्थ प्रयोग गरिएको थियो।
महोत्तरी । असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ ।
रामले रावणमाथि विजयादशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर (दहन गरिने) जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ ।
यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर १ मा अवस्थित वरुण सरोवरको पूर्वी उत्तरी डीलमा विशाल काया भएको रावणका ५१ फिट अग्ला तीन वटा प्रतिमाहरु निर्माण गरिएको दुर्गा पूजा समिति जलेश्वरका अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।
ती प्रतिमा भारतको मुज्जफरपुरबाट आएका सातजना कलाकारहरुको टोलीले २० दिन लगाएर निर्माण गरेका थिए । प्रतिमा निर्माणमा बाँस, रंगिचंगी पताका तथा विष्फोटक पदार्थ प्रयोग गरिएको दुर्गा पुजा समितिले जनाएको छ ।
बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मदतबाट निर्माण गरिएको रावणको पुतलामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रर्दशन गरिएको थियो ।
रावणको प्रतिमा बनाउँदा टाउको, शरीर तथा खुट्टागरी तीन भागमा बनाइएको थियो । मर्यादा पुरूषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले तीर धनुषबाट तीर रावणको नाभीमा हानेपछि रावणकोे पुतला दहन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण