बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

शनिबार, १८ असोज २०८२, १६ : ०८
शनिबार, १८ असोज २०८२

सारांश

  • देशका विभिन्न स्थानमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्, जसमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
  • काठमाडौं, दार्चुला, पाँचथर र दाङलगायतका स्थानमा व्यक्तिहरू मृत फेला परेका छन्।
  • मृत्यु हुनेमा पुरुष र महिला दुवै रहेका छन्, र घटनाबारे प्रहरीले थप विवरणहरू संकलन गर्दैछ।

काठमाडौँ । देशका फरक फरक स्थानमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरीले सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित चुनदेवी गेष्ट हाउसको कोठा नम्बर २०३ मा मकवानपुरगढी गाउँपालिका–३ घर भएका ४४ वर्षीय सोमबहादुर स्याङ्तान शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। उनी असोज १२ गतेदेखि सोही गेष्ट हाउसमा बस्दै आएका थिए।

त्यस्तै, काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित बद्धपार्क नजिक डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका–२ घर भएका ३५ वर्षीय राजु तामाङ पनि शुक्रबार आफ्नै कोठामा मृत फेला परेका छन्।

दार्चुलाको ब्याँस गाउँपालिका–१ राकमस्थित तिङ्कर खोलाको किनारमा दाङ घोराही उपमहानगरपालिका–११ का ४८ वर्षीय जितमान चौधरी मृत अवस्थामा भेटिएका छन्। त्यस्तै, सोही जिल्लाको महाकाली नगरपालिका–४ बाङगाबगरमा ३६ वर्षीय देबेन्द्र कामी पनि महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेका छन्।

पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका–२ भर्लिनी खोल्सीमा ५७ वर्षीय देवकुमार राई मृत अवस्थामा भेटिएका छन्।

दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन्। सोही जिल्लाको गढवा गाउँपालिका–२ टाकुराटोलमा ५२ वर्षीय कृष्ण परियार पनि आफ्नै घर नजिकैको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप