बाढी–पहिरोका कारण एमाले सचिवालय बैठक सर्यो
शनिबार, १८ असोज २०८२, १९ : ३०
सारांश
- लगातारको वर्षाका कारण नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।
- बैठक असोज १९ र २० गतेको सट्टा असोज २४ गते बस्ने भएको छ।
- बैठकले पार्टी पुनर्गठन र महाधिवेशनको मिति तय गर्ने सम्भावना रहेको छ।
काठमाडौँ। लगातारको वर्षा, बाढी र पहिरोका कारण नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ।
असोज १९ र २० गतेका लागि तय भएको बैठक अब असोज २४ गते बस्ने गरी सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका हुन्।
यो बैठक आगामी असोज २७, २८ र २९ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न बोलाइएको थियो।
हालैको 'जेनजी आन्दोलन' पछि एमाले पुनर्गठन गर्नुपर्ने माग बढिरहेको पृष्ठभूमिमा यो केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ।
नेताहरूका अनुसार, केन्द्रीय कमिटी बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति तोक्न सक्ने सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण