बाढीले गाडी बगाउँदा १ जनाको मृत्यु
आइतबार, १९ असोज २०८२, १० : ३८
सारांश
- सिन्धुलीबाट मोरङ जाँदै गरेको हायस गाडीलाई बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परेका २१ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
- बेपत्ता भएकी एक महिलाको शव घटनास्थलभन्दा १.५ किलोमिटर टाढा फेला परेको छ।
उदयपुर । गएराति १ः२० बजे सिन्धुली भिमानबाट मोरङ तर्फ जाँदै गरेको बा ४ ख १६२८ नं को हायस गाडीलाई वेलका नगरपालिका–४ लालबजार स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा रहेको कलभर्टमा आएको भेलबाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक केदारमान दोङको कमाण्डमा १५ जना र ईप्रका रामपुरठोक्सिलाबाट ११ जना गरी जम्मा २६ जना प्रहरी परिचालन भई उक्त हाईसमा सवार २२ जना मध्ये २१ जनाको सकुशल उद्धार गरिएको थियो ।
उक्त हाईसमै सवार १ जना महिला बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेकी छिन् । ४० वर्षीय मञ्जु अधिकारी घट्नास्थलबाट अन्दाजी १.५ किलोमिटर दक्षिणमा रहेको कुटो गाउँको धानबारीमा मृत अवस्थामा फेला परेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण