अपडेट
विपद्को घटनामा ४९ जनाको मृत्यु
आइतबार, १९ असोज २०८२, १७ : ५८
सारांश
- इलाममा ३७ जनासहित शुक्रबारदेखि विपद्का घटनामा ४९ जनाको मृत्यु भएको छ।
- बाढी पहिरोमा परेर अधिकांशको मृत्यु भएको छ भने केहीको चट्याङ र दुर्घटनामा परेर मृत्यु भएको हो।
- सशस्त्र प्रहरीका अनुसार इलाममा १ जना बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।
काठमाडौँ । शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
यस्तै ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् भने केहीको चाँही चट्याङ र दुर्घटनामा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण