अहिलेको कठिन घडीमा प्रदेश सरकार नागरिकसँगै छ: मुख्यमन्त्री सिंह
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।
- मुख्यमन्त्री सिंहले वर्षा र बाढीबाट सिर्जना भएको चुनौतीपूर्ण अवस्थामा सुरक्षा निकायलाई सक्रिय रहन निर्देशन दिएका छन्।
- प्रदेश सरकारले नागरिकको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरूलाई निरन्तरता दिने बताएको छ।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नागरिकलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहले आज विज्ञप्ति जारी गर्दै वर्षा र बाढीले सिर्जना गरेको यो चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा निकाय नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा सक्रिय र प्रतिबद्ध रहेको बताएका छन् ।
उनले प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिइएको पनि बताए । उनले थपे, ‘नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेका छन्, र कुनै पनि अमूल्य मानव जीवनको क्षति नहोस् भन्ने कामना गर्दछु ।’
मुख्यमन्त्री सिंहले अगाडि भनेका छन्, ‘यो कठिन घडीमा प्रदेश सरकार तपाईंका साथ छ। हामी सबै मिलेर यो विपद् पार गर्नेछौं। एक अर्काको सहयोग र एकताको भावना हाम्रो सबैभन्दा ठुलो शक्ति हो । सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। सुरक्षा, राहत र पुनः स्थापनाका प्रत्येक कदममा प्रदेश सरकार नागरिकसँगै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण