अवरुद्ध कटारी घुर्मी सडक खुल्यो
मङ्गलबार, २१ असोज २०८२, ०९ : ५४
सारांश
- अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धिचरण मार्गको कटारी घुर्मी सडकखण्डमा यातायात सञ्चालन पुन: सुरु भएको छ।
- शुक्रबार साँझ पहिरो खसेपछि रोकिएको यातायात सडक विभाग, प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।
- सोमबारदेखि मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सुचारु भएको छ, तर राति सवारी सञ्चालनमा रोक लगाइएको छ।
उदयपुर । अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ ।
गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो ।
सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिए । उनले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण