सर्वोच्चसहित देशभरका अदालत खुला
सारांश
- दशैं बिदापछि देशभरका अदालतहरू खुलेका छन्।
- जेनजी आन्दोलन र प्रदर्शनका कारण अदालतमा क्षति पुगेको छ।
- अदालतले ६ प्रकारका काम गर्दै ५ वटा सेवा थप गरेको छ।
काठमाडौँ । सर्वोच्चसहित देशभरका अदालतहरू दसैँ बिदापछि खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू आजदेखि खुलेका हुन् ।
जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च, विशेष र जिल्लासहित देशभरका अदालतहरूमा क्षति पुगेको छ । सर्वोच्चले यसअघि बन्दीप्रत्यक्षीकरण सुनुवाइ सुरु गरिसकेको छ ।
अदालतले घटस्थापना अघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन, अभियोग पत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेक गरी ६ प्रकारका काम गर्न थालेको थियो।
अब दर्ता विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाहीसम्बन्धी ५ वटा सेवा थप गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण