प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपिल : विदेशी दबाबमा होइन, विधिमा देश चलाउनुहोस्
सारांश
- राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई विधिको शासन अनुसार देश चलाउन अपिल गरे।
- उनले सरकारलाई विदेशी दबाबमा नपर्न र विधिको शासन पालना गर्न आग्रह गरे।
- शाहीले आन्दोलनकारीलाई न्याय दिन र कानुनी दायरामा रहेर काम गर्न सरकारलाई सुझाव दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई देश विधिको शासन अनुसार सञ्चालन गर्नका लागि अपिल गरेका छन्। उनले सरकारलाई विधि, नीति र प्रक्रियालाई मुख्य आधार बनाएर शासन गर्न आग्रह गर्दै देश कुनै व्यक्ति वा समूहको नभई सबै नेपालीको साझा भएको यथार्थ मनन गर्न ध्यानाकर्षण गराएका हुन्।
सांसद शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका छन्, ‘विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।’
उनले सरकारलाई आन्दोलनको म्यान्डेट नबिर्सन र परिवर्तनका लागि बलिदान दिने सहिद, घाइते एवं पीडितलाई न्याय दिन विशेष जोड दिएका छन्। शाहीले सरकारका हरेक निर्णय कानुनी दायरा र न्यायिक निष्पक्षता भित्र रहेर गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
देशलाई साझा सम्पत्ति ठान्दै सबै नागरिकले न्याय र समानताको अनुभूति गर्न पाउने वातावरण निर्माण गर्न सरकारले आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्ने उनको सुझाव छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण