दसैँपछि खुलेको सेयर बजारमा ‘पहिरो’, ५८ अङ्कले घट्यो सूचक
सारांश
- दसैँ बिदापछि खुलेको पुँजी बजारमा पहिलो दिन नै सेयर बजारमा गिरावट आएको छ।
- नेप्से परिसूचक ५८.५५ अङ्कले घटेर २,६०४.९६ विन्दुमा झरेको छ, र अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ।
- राजनीतिक अस्थिरता, कर्मचारी आन्दोलन, र बाढीपहिरोले बजारमा लगानीकर्ताको मनोबल खस्किएको अनुमान गरिएको छ।
काठमाडौँ । दसैँ बिदापछि खुलेको पुँजी बजारमा पहिलो दिन नै सेयर बजारमा उच्च गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८ अङ्कभन्दा बढीले ओरालो लागेर २६०० को विन्दुको नजिक आइपुगेको हो।
आज नेप्से परिसूचक ५८.५५ अङ्कले घटेर २,६०४.९६ विन्दुमा पुगेको छ। यो अघिल्लो कारोबारको तुलनामा २.१९ प्रतिशतको गिरावट हो । दिउँसो ३ बजे बजार बन्द हुँदा यसले नकारात्मक दिशा लिएको हो।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज कारोबार भएका कुल २४२ कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य घट्दा जम्मा १६ कम्पनीको मात्र मूल्य बढेको छ। त्यस्तै, १ कम्पनीको मूल्य भने स्थिर रह्यो।
बजारमा आज सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट अन्य क्षेत्रमा ४ प्रतिशत भन्दा धेरैले हुँदा होटल र हाइड्रो, निर्जीवन बीमा र विकास बैंक क्षेत्र त्यसपछि क्रमशः धेरैले घटेका छन् ।
आज कुल ४ अर्ब ६२ करोडको सेयर कारोबार भएको छ। कुल १ करोड ३ लाख कित्ता सेयर ५५ हजार ४५० वटा कारोबारमार्फत किनबेच भएका छन्। आज ३२६ वटा धितोपत्रको कारोबार भएको थियो।
दसैँ बिदाका कारण ९ दिनपछि आज बजार खुलेको हो । तर राजनीतिक अस्थिरताको सङ्केत र पुँजी बजारसम्बद्ध निकायमा भइरहेको कर्मचारी आन्दोलनका कारण बजारमा लगानीकर्ताको मनोबल खस्किएको आकलन गरिएको छ । त्यस्तै, देशभर भएका बाढी पहिरोले पुर्याएको क्षतिले पनि बजारलाई घटाउन मद्दत पुगेको आकलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण