जापानिज इन्सेफलाइटिसको प्रकोप बढ्यो : १६० सङ्क्रमित, ३० को मृत्यु
सारांश
- नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) को सङ्क्रमण तीव्र रूपमा फैलिएको छ, जसमा १६० जना संक्रमित र ३० जनाको मृत्यु भएको छ।
- जेइ हालसम्म ४१ जिल्लामा फैलिसकेको छ, जसमा लुम्बिनी, मधेस, कोशी, गण्डकी र बागमती प्रदेश बढी प्रभावित भएका छन्।
- रोग 'क्युलेक्स' लामखुट्टेको टोकाइबाट सर्ने गर्छ, जसले गम्भीर बिरामीमध्ये एक तिहाइको मृत्यु र स्थायी अपाङ्गता निम्त्याउन सक्छ।
काठमाडौँ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) को सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, ०८२ वैशाखयता १६० जनामा जेइ सङ्क्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण र मृत्युदर दुवै बढ्दै गएको बताएका छन्। अघिल्ला वर्षको तुलनामा यस वर्ष जेइ सङ्क्रमितको मृत्युदर बढेको पाइएको छ।
पछिल्लो आँकडाअनुसार जेइ हालसम्म ४१ जिल्लामा फैलिसकेको छ। यस वर्ष लुम्बिनी, मधेस, कोशी, गण्डकी र बागमती प्रदेश बढी प्रभावित भएका छन्।
अघिल्लो वर्ष ८० जना सङ्क्रमित हुँदा २५ जनाको ज्यान गएको थियो। डा. गौतमका अनुसार, यस वर्ष जेइ पूर्वी नेपालबाट फैलिएर बिस्तारै पश्चिमी भागसम्म पुगेको छ। जापानी इन्सेफलाइटिसका केसहरू धानखेत र सुँगुर पाल्ने फार्म नजिकका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूमा बढी देखिएको छ।
डा. गौतमले गम्भीर बिरामीमध्ये एक तिहाइको मृत्यु हुने र जीवित रहनेमध्ये पनि एक जनाको शरीरका अङ्ग नचल्ने, स्वाद थाहा नपाउने, मुख बांगिनेजस्ता स्थायी अपाङ्गताहरू हुन सक्ने सम्भावना रहेको बताए।
जेइ ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखुट्टे घाम उदाउँदा र अस्ताउँदा तथा राति बढी सक्रिय हुन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण