निर्वाचनको माहोल बनाउन आयोग र सरकार दुवैले पहल गर्ने
काठमाडौँ । निर्वाचन आयोग र सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको माहोल बनाउने भएका छन् ।
मंगलबार आयोगको नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखबिच भएको छलफलमा आयोग र सरकार दुवैले निर्वाचनको माहोल बनाउन एकअर्कालाई प्रस्ताव गरेका थिए । त्यस क्रममा आयोगले बनाएको निर्वाचन कार्यतालिकाबारे सरकारलाई जानकारी पनि गराएको छ ।
जवाफमा सरकारले आफ्ना तर्फबाट पनि दलहरूसँग संवाद गर्ने भन्दै कार्यतालिका अनुसार काम अघि बढाउन आग्रह गरेको छ ।
उक्त छलफलका क्रममा सरकार र आयोग दुवै पक्षले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनका लागि आआफ्नो तर्फबाट पहल गर्नुपर्नेमा जोड दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
‘तोकिएकै समयमा निर्वाचन गर्नुपर्छ । त्यसका लागि सबैले भूमिका खेल्नुपर्छ भनेर दुवैतर्फबाट कुराकानी भए,’ भट्टराईले भने, ‘त्यस क्रममा निर्वाचनका लागि आवस्यक लजिष्टिकका विषयमा पनि कुराकानी भए ।’
यसैबिच आयोगले दलहरूसहित सरोकारवालाहरूसँग निर्वाचनबारे छलफल थाल्ने भएको छ ।
‘दलहरूसहित सरोकारवाला सबैसँग आयोगले थाल्छ । त्यो तिहारअघि गर्ने कि पछिबाट भन्नेबारे कुराकानी भइरहेको छ, त्यसका लागि आयोगले एउटा मापदण्ड बनाएर एकैपटक गर्ने कि अलग अलग भन्ने टुंगो लगाउँछ,’ प्रवक्ता भट्टराईले भने, ‘सबैको सामूहिक प्रयास आवश्यक छ ।’
निर्वाचन गर्न स्रोतको आकलन गर्दा २०७९ लाई नै आधार मानेर गर्ने तर खर्चमा मितव्ययिता गर्ने सरकार र आयोगबिच कुराकानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण