ताप्लेजुङको सिदिङवा गाउँपालिकामा बोलेरो गाडी दुर्घटना, एकजनाको मृत्यु
सारांश
- ताप्लेजुङको सिदिङवामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ६ जना घाइते भएका छन्, जसमध्ये दुई जना गम्भीर छन्।
- प्रहरीका अनुसार दुर्घटना साँझ ६:३० बजे भएको थियो र अनुसन्धान जारी छ।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी आज साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
त्यसैगरी दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन । दुई जना भने गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने कार्य भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण