घरायसी विवाद बढेपछि श्रीमतीको हत्या
बुधबार, २२ असोज २०८२, ०८ : २४
सारांश
- नुवाकोटको शिवपुरी गाउँपालिकामा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्।
- घरायसी विवादका कारण ४९ वर्षीया श्रीमती सविनालाई खुकुरी प्रहार गरी हत्या गरिएको हो।
- प्रहरीले अभियुक्त जीतमान तामाङलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ।
नुवाकोट । घरायसी विवाद बढेपछि नुवाकोटकाे शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
-
सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण