वनस्थलीमा नगद र गरगहना चोरी
बुधबार, २२ असोज २०८२, १२ : ३७
सारांश
- काठमाडौंमा घरधनी र डेरावालको कोठाबाट नगद र गरगहना चोरी भएको छ।
- चोरीमा करिब १ लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ र अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौँमा घर मालिक र डेरामा बस्नेको कोठाबाट नगद तथा गरगहनासहित करिब १ लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काठमाडौँ महानगरपालिका-१६, वनस्थली बस्ने लालपुरा रोक्काको घर र सोही घरमा डेरा गरी बस्ने तनहुँ गण्डकी गाउँपालिका-५ घर भएका ३१ वर्षीय तेज बहादुर गुरुङको कोठाबाट उक्त चोरी भएको हो। चोरी मंगलबार दिउँसो भएको प्रहरीले जनाएको छ।
चोरी भएको धनमालमा नगदका साथै चाँदीका विभिन्न गरगहनाहरू रहेको खुलेको छ। प्रहरीले घटनामा संलग्न हाल फरार रहेका व्यक्तिहरूको खोजी गरिरहेको छ र यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण