जेनजी आन्दोलनको प्रभाव : मन्त्रालयमा क्षतिपछि सहकारीलाई विवरण बुझाउन उर्दी
सारांश
- बागमती प्रदेशको सहकारी तथा गरिबी मन्त्रालयले जेनजी आन्दोलनमा भएको क्षतिको कारण सहकारी विवरण पेश गर्न निर्देशन दिएको छ।
- आन्दोलनका क्रममा मन्त्रालयमा आगजनी र तोडफोड हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएपछि विवरण संकलन गर्न लागिएको हो।
- सहकारीहरूले आर्थिक वर्ष २०८१/८२ को साधारण सभाको प्रतिलिपि, सञ्चालक समितिको विवरण लगायतका कागजात पेश गर्नुपर्नेछ।
मकवानपुर । जेनजी आन्दोलनका क्रममा मन्त्रालयमा क्षति पुगेपछि बागमती प्रदेशको सहकारी तथा गरिबी मन्त्रालयले सहकारीका विवरण पेस गर्न निर्देशन गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश मातहत रहेका सहकारीहरूलाई वार्षिक विवरण पेस गर्न सूचना जारी गरेको हो ।
जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको तोडफोड र आगजनीका कारण महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएको थियो । आगजनी र तोडफोर्डपछि मातहतका सबै सहकारी संघसंस्थाहरुलाई वार्षिक विवरण अद्यावधिक गर्न जरुरी निर्देशन जारी गरेको हो । आन्दोलनले निम्त्याएको यो सङ्कट समाधान गर्न मन्त्रालयले आफ्ना सम्पूर्ण अभिलेखहरू पुनः सङ्कलन गर्न लागेको सहकारी महाशाखामा रजिष्ट्रार प्रदीपराज पौडेलले जानकारी दिए ।
उनका अनुसार गत असोज २३ र २४ गते देशव्यापी रूपमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले हेटौँडा–११, थानाभञ्याङस्थित मन्त्रालयको कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको र उक्त घटनामा मन्त्रालयको भौतिक संरचनामा क्षति पुग्नुका साथै सहकारी संघ/संस्था सम्बन्धी फाइल, विवरण र दस्ताबेजहरू जलेर नष्ट भएको उनले बताए । फाइल तथा दस्ताबेज जलेर नष्ट हुँदा मन्त्रालयको प्रशासनिक काममा गम्भीर चुनौती थपिएको उनले बताए ।
अभिलेखहरू नष्ट भएपछि नियमनकारी कार्यमा परेको असरलाई मध्यनजर गर्दै मन्त्रालयले अभिलेख पुनः सङ्कलन गर्नुपर्ने आवश्यकता देखिएकाले सूचना जारी गरिएको उनको भनाई छ । प्रदेश सहकारी ऐन तथा नियमावली बमोजिम सहकारीहरूले आफ्ना प्रमाणित कागजातहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयले हाल हेटौँडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरबाट अस्थायी रूपमा सेवा सञ्चालन गरिरहेको र सोही स्थानमा विवरणहरू बुझाउन सम्पूर्ण सहकारीहरूलाई निर्देशन दिइएको छ । मन्त्रालयका अनुसार, सहकारीहरूले आर्थिक वर्ष २०८१/८२ को साधारण सभाको उपस्थिति र निर्णयको प्रतिलिपि, बहालवाला तथा पछिल्ला दुई कार्यकालका सञ्चालक समितिहरूको फोटो र हस्ताक्षर सहितको तीन पुस्ते विवरण, नागरिकताको प्रतिलिपि, संस्थाको स्वीकृत विनियम र दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र र कोपोमिस प्रणालीमा विवरण अद्यावधिक गरेको प्रमाण जस्ता कागजातहरू पेस गर्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण