विराटनगर किङ्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा
सारांश
- विराटनगर किङ्सले कोशी प्रदेशमा 'ड्रिम टु प्ले' क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।
- प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाका अन्डर-२३ टोलीहरूले भाग लिनेछन्, जुन टि-२० फर्म्याटमा खेलाइनेछ।
- उत्कृष्ट खेलाडीहरूले विराटनगर किङ्सको डेभलपमेन्ट स्क्वाडमा अवसर पाउनेछन्, र एक जनाले एनपीएलमा खेल्ने मौका पाउनेछन्।
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्सले कोशी प्रदेश क्रिकेट सङ्घको सहकार्यमा उदीयमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।
कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइनेछ।
प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दिएको छ।
विराटनगर किङ्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार, यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किङ्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ।
चौधरीका अनुसार, डेभलपमेन्ट स्क्वाडमा चयनित खेलाडीहरूले किङ्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षण का अवसर प्राप्त गर्ने छन्। साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन्।
नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रतियोगिताहरूमा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।
विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्सले सधैं युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण